डा. तोसिमालाई चुनाव लड्न पुनः बाटो खुल्यो, सर्वोच्च अदालतबाट उम्मेदवारी कायम राख्न आदेश

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई चुनाव लड्न बाटो खुलेको छ। 

सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै कार्कीलाई चुनाव लड्न बाटो खुलेको हो । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले १२ कात्तिकमा कार्कीले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

‘कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्च जस्ता आर्थिक लाभ नियमित प्रकृतिको नहुने अस्थाको देखिन आउँछ’ आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published.