डा. ताेसिमा कार्कीकाे परिचय
नाम : डा. तोसिमा कार्की
ठेगाना : आदिनाथ गाउँ, नख्खु खोला मार्ग, वडा नं. १८, ललितपुर क्षेत्र नं. ३
शिक्षा : शहिद धर्मभक्त स्कुल, नख्खु (कक्षा १–१०), मोडर्न ईन्डियन स्कुल, चोभार (कक्षा ११–१२)
एमविविएस (किष्ट मेडिकल कलेज, ललितपुर), मास्टर्स जनरल सर्जरी (काठमाडौं विश्वविधालय)
पेशा : जनरल सर्जन, पाटन अस्पताल, ललितपुर
युवा नेतृ, मेडिकल अभियानता, निर्वाचित केन्द्रिय सदस्य नेपाल मेडिकल काउन्सील
लक्ष : स्वस्थ नेपाली, सुखी नेपाली, प्रतिबद्दता : जनताप्रति ईमानदारिता ।
– २०७१/७२ मा मेडिकल कलेजहरुमा हुने बेथिती विरुद्द ईन्टर्न डाक्टर तथा मेडिकल विधार्थी आन्दोलनको नेतृत्व गरेको ।
– अस्पताल तथा स्वास्थ्यकर्मीहरु माथी हुने भौतिक आक्रमणलाई न्युनिकरण गर्दै सुरक्षाको पर्त्याभुतिको लागि विगत ७ वर्ष देखि विभिन्न चरणमा Save Medical Fraternity Movement को नेतृत्व गर्दै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐनमा Jail without Bail को अवधारणा समेटि संसोधन गर्न/गराउन सफल ।
– महा विनासकारी भुकम्पको बेला सिनधुपालचोक, बतासे, रामेछाप, नुवाकोट, साल्मे, ललितपुरको दुर्गम ठूलो दुर्लुङ लगायत ठाउँहरुमा स्वास्थ्य तथा राहत सिविरको नेतृत्व गरेको ।
– शितलहरको बेला सुनसरी, ईनरुवा, रौतहट जस्ता ठाउँहरुमा “जाडोमा न्यानो” अभियानको नेतृत्व। बाढि पहिरोले घर खेत बगाएको बेला तराईको सप्तरी, सुस्ता, ईनरुवा जस्ता बस्तिहरुमा ‘राहत तथा उद्दार” कार्यक्रम साथै स्वास्थ्य सिविर सञ्चालन।
– २०७४/७५ सालमा त्रि वि मेडिकल कलेजहरुमा हुने MD/MS/BDS भर्नामा हुने भ्रष्टाचार र बेथिती विरुद्द सर्वोच्च अदालतमा मुद्दाको नेतृत्च लिई मेरिट सुचिअनुसार भर्ना स्थापित गर्न सफल ।
– २०७५/७६ सालमा पुन सर्वोच्च अदालतमा मुद्दाको नेतृत्व लिई त्रि.वि. मेडिकल कलेजहरुमा हुने स्नातकोत्तर भर्नाको भर्ना शूल्क निरधारण गरि लागु गराउन सफल ।
– डा. गोबिन्द के.सी. को स्वास्थ्य क्षेत्रतर्फको २० पटकसम्मको सत्याग्रहमा आम आन्दोलन, व्यवस्थापन तथा नेतृत्वदायी भुमिका खेलेको ।
– कोभीड–१९ को माहामारीमा आफू निरन्तर ड्युटिमा खटिएको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री व्यवस्थापन गर्नुका साथै आम जनमानसका लागी जनचेतना, स्वास्थ्य सामाग्री, oxygen cylinder तथा होम आईसोलेसन लगायतको सहजिकरणमा भुमिका निभाएको ।
– देश भरका चिकित्सकहरुबाट समर्थन पाई २०७८ सालको नेपाल मेडिकल काउन्सिलको निर्वाचनमाअत्याधिक मत ल्याई नेपाल मेडिकल काउन्सिलको केन्द्निय सदस्यको रुपमा निर्वाचित । मेडिकल काउन्सिलमा रहि चिकित्सकहरु र चिकित्सकिय अभ्यासलाई प्रभावकारी बनाउन नितीगत भुमिका निभाउँदै आएको ।
– सामाजिक न्यायका अभियान र भ्रष्टाचार विरुद्दका आन्दोलनहरुमा शक्रिय सहभागिता ।