ललितपुर ३ मा युवा चिकित्सक तोशीमा कार्की स्वतन्त्र पार्टीको उम्मेदवारस्वस्थ नेपाली सुखी नेपाली, डा. तोसिमालाई भोट यसपाली भन्ने नारासहित स्वतन्त्रबाट घण्टी चुनाव चिन्ह लिएर डा. तोसिमा कार्कीले ललितपुर ३ मा उम्मेदवारी दिएकी छिन् । स्वास्थ्य क्षेत्रमा ११ वर्ष लामो अनुभव बटुलेकी कार्की पाटन अस्पतालका सर्जन डाक्टर समेत हुन् ।
तोसिमा कार्कीले स्वास्थ्य पेसासँगै सामाजिक क्षेत्रमा समेत काम गरेकी छिन । कार्कीले डाक्टरी पेसा छाडेर राजनीतिमा आउनु परेको बाध्यता भएको बताएकी छिन् । देशको स्थिती देखेर आफू राजनीतिमा आएको बताए ।
पुराना दल र नेताहरुबाट देशको विकास सम्भव नभएकाले शिक्षित युवाहरु राजनीतिमा आउनुपर्छ । अब शिक्षित युवा वर्ग राजनीतिमा नआउने हो भने हाम्रो देश अझै धेरै पछाडी धकेलिन्छ डा. कार्कि बताउनु हुन्छ।
Credits: Nepal RaiBar