ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी डा. तोसिमा कार्की राष्ट्रीय स्वतन्त्र पार्टीको प्रारम्भिक निर्वाचनमा निर्विरोध भएपछि, बलियो उम्मेदवारको रुपमा चर्चा बटुल्दै

२० असोज, काठमाडौं । स्वस्थ नेपाली सुखी नेपाली, डा. तोसिमालाई भोट यसपाली भन्ने नारासहित स्वतन्त्रबाट घण्टी चुनाव चिन्ह लिएर डा. तोसिमा कार्कीले उम्मेदवारी दिने बताउनुभएको छ । स्वास्थ्य क्षेत्रमा ११ वर्ष लामो अनुभव बटुलेकी कार्की पाटन अस्पतालका सर्जन डाक्टर समेत हुन् । तोसिमा कार्कीले स्वास्थ्य पेसासँगै सामाजिक क्षेत्रमा समेत काम गरेकी छिन ।

कार्कीले डाक्टरी पेसा छाडेर राजनीतिमा आउनु परेको वाध्यता भएको बताएकी छिन् । देशको स्थिती देखेर आफु राजनीतिमा आएको बताउनुभयो । पुराना दल र नेताहरुबाट देशको विकास सम्भव नभएकाले शिक्षित युवाहरु राजनीतिमा आउनुपर्छ । अब शिक्षित युवा वर्ग राजनीतिमा नआउने हो भने हाम्रो देश अझै धेरै पछाडी धकेलिन्छ ।

डा. तोसिमा कार्कीले एक महिना अगाडी स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन । राष्ट्रीय स्वतन्त्र पार्टीको प्रारम्भिक निर्वाचनमा निर्विरोध भएपछि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चुनाव चिन्ह प्रदान गरेको थियो । ललितपुरमा बलियो उम्मेदवारको रुपमा चर्चा बटुल्दै आएकी तोसिमा कार्कीले यतिबेला घरदैलो अभियानलाई निरन्तरता दिइरहेकी छिन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भने लिएकी छैनन् ।

डा. तोसिमा कार्की ललितपुर वडा नं. १८ का स्थायी बासिन्दा हुन् । डा. कार्कीले आफुले ३ नं. क्षेत्रको सबै टोलहरुमा घरदैलो अभियान सञ्चालन गर्दा नागरिकहरुको उत्साह र हौसलाले आफ्नो जितको सुनिश्चितता भएको अनुभूति प्रकट गरेकी छिन् । पुराना राजनीतिक दलहरुप्रति जनता निरास बन्दै गइरहेको अवस्थामा ललितपुर ३ का जनताले स्वतन्त्रका उम्मेदवार डा. तोसिमा कार्कीको चुनाव चिन्ह घण्टीमा मतदान गर्ने देखिन्छ ।

कार्कीले विगतमा आफु कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको, आफ्नो उम्मेदवारी स्वतन्त्र भएको र राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चुनाव चिन्ह प्रदान गरेको बताएकी छिन् । कार्कीले भनिन– पुराना दलहरुले जेजति गरे उहाँहरुलाई धन्यवाद ! अब उहाँहरुबाट देशको विकास सम्भव छैन । अब उहाँहरुले विश्राम लिने बेला आएको छ । हामी युवालाई काम गर्न दिने बेला हो ।

अब देशलाई विकास चाहिएको छ । प्राविधिक क्रान्ती, आर्थीक क्रान्ती चाहिएको छ । जुन हामी जस्ता युवा सोच, युवा जोस, युवा शक्तिबाट मात्र सम्भव छ । पढेलेखेका शिक्षित युवाहरु राजनीतिमा आएर सत्तामा गई देशलाई स्वाधिनता, आत्मनिर्भर र समृद्ध राष्ट्र निर्माण गर्नुपर्दछ ।

Credits: FarakPatra

Leave a Reply

Your email address will not be published.