काठमाडौँ — संसदीय निर्वाचनमा चिकित्सक पनि उठेका छन् । देशका विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन गराएका चिकित्सकहरू चर्चित नेताहरूसँग प्रतिस्पर्धा गर्दै छन् । केहीले विभिन्न दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका छन् भने केही भने स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा छन् ।
डा. तोसिमा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी प्रतिनिधिसभा सदस्यका लागि ललितपुर–३ बाट उम्मेदवारी दिएकी छन् । घर–घरमा स्वास्थ्यको पहुँच, महिला सशक्तीकरण, घर–घरमा प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका एजेन्डासहित प्रतिनिधिसभा सदस्यमा उनले उम्मेदवारी दिएको जनाएकी छन् । उनले ललितपुर–३ मा सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता ऊर्जामन्त्री पम्फा भुसाल र एमालेका अमृत खड्का उठेका छन् ।
Read More on ekantipur.com