२३ असोज, काठमाडौं । ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गरेकी छिन् । कार्कीका लागि भीम उपाध्याय प्रस्तावक रहेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले केही दिन अघिमात्र घण्टी चुनाव चिन्ह प्रदान गरेको थियो ।
कार्की स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेकी छिन् । ११ वर्षे स्वास्थ्य क्षेत्रमा काम गरेकी कार्की पाटन अस्पतालका सर्जन डाक्टर हुन् । उनले डाक्टरी पेसासँगै समाजसेवा र सामाजिक कार्य गर्दै आएकी थिइन ।
Read More on Farakpatra.com
Credits: Farakpatra.com